राजेश गिरी
नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र
वडा समिति मुसिकोट नगरपालिका ७ को तेस्रो बिस्तारित बैठक सम्पन्न भयको छ ।
वडा पार्टी अध्यक्ष बुद्धि पुनको अध्यक्षता मा सम्पन्न बैठकले पार्टीको सांगठनिक संरचना मजबूत बनाऊने र जसका लागि वडाका रहेका ८ ओटा टोल समिति को बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै फाल्गुन १ गते जनयुद्द दिवस को अवसर पारी वडामा ब्यानर र पार्टीको झण्डा राख्ने ,२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन को लागी वडामा जभेटघाट कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य गोपेश्वर के सी को प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै प्रदेश समिति सदस्य जय बहादुर पाण्डे,मुसिकोट नगर समिति अध्यक्ष धिरन सेर्पालि, नगरसमिति सदस्य नारायण के सी ,अनेरास्वबियु कार्न्तिकारी का केन्द्रीय सदस्य दिपेन्द्र बुढा लगायतको ऊपस्थिति रहेको थियो। बैठक को सन्चालन सचिव सुर्य बहादुर घर्तिले गर्नुभयको थियो ।।
