नेकपा माओवादी केन्द्र मुसीकोट –६ का विभिन्न टोलमा जभेटघाट सम्पन्न
64x64
२०७८ माघ २६ बुधबार प्रेसपालिका संवाददाता
232 Views

प्रेसपालिका संवाददाता : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसीकोट –६ ले वडाको विभिन्न टोलमा जनभेटघाट कार्यक्रम गरेको छ । पछिल्लो राजनितिक विषयमा छलफल गर्दै माओवादी केन्द्र बिभिन्न टोलहरुमा पुग्ने गरेको छ । वडाको मेलचौर र पोखरामा जभेटघाट कार्यक्रम गरिएको हो ।

पछिल्लो राजनितिक अवस्था, आठौ महाअधिबेशनको भाव र आउदै गरेको स्थानीयतहको चुवानको तयारीका बिषयमा मुसीकोट नगर समिति सचिव शुसिल गौतमले कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । त्यस्तै गाउँ तथा टोलहरुमा पार्टीको अवस्था र कार्यकताको मागको विषयमा पनि छलफल भएको हो ।

अभियानमा नगर कमिटि सदस्य नारायण केसी,अनिल विएम, पार्टीका वडा कमिटि अध्यक्ष मिलन बोहोरा, सचिव दिपेन्द्र महतारा ,नेकपा माओवादी केन्द्र मुसिकोट ७ नम्बर कोषाध्यक्ष चन्द्र प्रकाश पाण्डे लगायतको सहभागिता रहेको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News