प्रेसपालिका संवाददाता :
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भूतपूर्व जनमुक्ति सेना नेपालको प्रथम भेला सम्पन्न भएको छ ।वडा नम्बर ४ को छिनखेतमा सम्पन्न भएको भेलाले नयाँ कार्यसमिति पनि चयन गरेको छ । लक्ष्मण शाही (सञ्जय)को अध्यक्षतामा ११ सदस्यीय भूतपूर्व जनमुक्ति सेना नेपाल बाँफिकोट गाउँपालिका समिति गठन गरेको हो ।
जसको सचिवमा नामबहादुर खत्री र कोषाध्यक्षमा खीमा डाँगी रहनुभएको छ । सदस्यहरुमा मनराज पौडेल, बिमला सुनार, लिलाराम केसी, हिमाली खत्री, दिपेन्द्र गिरी, कर्णबहादुर खत्री, धनबहादुर खड्का र लालबहादुर केसी चयन हुनुभएको छ । त्यस्तै तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
शेरु बिक संयोजक रहेको समितिको सदस्यमा सौरभ केसी वासु र रीता बाँठा रहनुभएको छ । भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय स्कुलिङ विभाग सदस्य महेन्द्र केसी पारषमणि, केन्द्रीय सुरक्षा विभाग सदस्य कलबहादुर नाथ, पार्टीका कर्णाली प्रदेश समिति सदस्य धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, गाउँ समिति अध्यक्ष चन्द्रबहादुर केसी, सचिव हर्कु मल्ल र पार्टी गाउँ समिति सचिवालय सदस्य मनकला पुन लगायतको उपस्थिति रहेको थियो ।
शेरु बिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सौरभ केसीले संचालन गर्नुभएको थियो ।।