मुसीकोट ५ मा माओवादी केन्द्र काे टोल समिति बैठक
64x64
२०७८ माघ २४ सोमबार प्रेसपालिका संवाददाता
96 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका टोल समिति बैठकहरु बसिरहेका छन् । माघ २२ गते बसेको वडा समिति बैठकको निर्णय अनुसार वडाका सबै टोलमा बैठक गर्ने नेकपा माओवादी केन्द्र मुसीकोट ५ ले जनाएको छ ।

पार्टीका अनुसार अहिलेसम्म ५ मध्ये २ वटा टोल समितिका बैठक बसेका छन् । जसअन्तरगत आज थर्पू टोलमा बैठक बसेको छ । बैठकमा विकास निर्माण, पार्टीको सांगठनिक संरचना, राष्ट्रिय महाधिवेशनको भाव सम्प्रेशन लगायतका बारेमा छलफल भइरहेको पार्टीका नगर समिति सचिव शुशिल गौतमले जानकारी दिनुभयो ।

बैठकका लागि नगर सचिव गौतम सहित सदस्यहरु नवराज केसी, यामकुमारी नेपाली, नगर समिति सल्लाहकार रामलाल गौतम लगायत खटिनु भएको छ । भोली शेरिगाउँ टोल समितिको बैठक बस्ने बताईएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News