प्रेसपालिका संवाददाता : नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको विस्तारित बैठक बसेको छ । सिम्लीमा बसेको बैठकले विभिन्न ७ वटा विभागहरु गठन गरेको छ । आर्थिक विभाग, सामाजिक, साँस्कृतिक रुपान्तरण विभाग, स्कुलिङ विभाग
त्यस्तै शिक्षा विभाग, अनुगमण विभाग, श्रम तथा रोजगार उत्पादन विभाग र कला साहित्य बिभाग गठन भएको नेकपा माओवादी सानिभेरी गाउ समिति सचिव टेक बहादुर पुन विशालले जानकारी दीनु भयो ।
पाटी अध्यक्ष भुपालसिंह ओलि पृर्थवीको अध्यक्षतामा बसेको बैठकको संन्चालन पाटी सचिव टेक बहादुर पुन बिशाल ले गर्नु भयको थियो ।
बैठकले माघ २९ गतेसम्म पालिकाका सबै वडा समिति बैठक बसाल्ने र फागुन १ गते जनयुद्धको २७ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया तथा चियापान कार्यक्रम संचालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसका साथै बैठकले फागुन २ गते देखि फागुन ८ गतेसम्म सबै जनवर्गिय संगठनको पालिका बैठक बसाल्ने पनि निर्णय गरेको छ ।
वैठकमा केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा केन्द्रीय सदस्य बसन्तकुमार शर्मा र लक्ष्मी पुनको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै पार्टीका कर्णाली प्रदेश सदस्य बिर्खबहादुर बिष्ट,प्रदेश समिति सदस्य देव बहादुर बि क प्रदेश समीती सदस्य पहलसिंह घर्तिको पनि बैठकमा आतिथ्यता रहेको थियो ।