कर्णाली प्रदेशमा पाँच जना नवनियुक्त मन्त्रीले सपथ लिए
64x64
२०७८ माघ २३ आइतबार प्रेसपालिका संवाददाता
378 Views

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। आइतबार बेलुका ७ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नेपाली काँग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा (एकीकृत समाजवादी)  बाट १ जनालाई मन्त्री नियुक्त गरेका हुन्। पाँच जना मन्त्री थपिएपछि कर्णाली प्रदेशको ८ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ।

आज नेपाली काँग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री, यज्ञ बुढाक्षेत्री सामाजिक विकास मन्त्री बनेका छन्।

यस्तै माओवादी केन्द्रबाट जाजरकोटका सांसद गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री बनेका छन्। माओवादीले एकजना गैरसांसदलाई पनि मन्त्री बनाएको छ। हुम्लाका छिरिङ डुम्डुल लामा कार्चेन माओवादीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

समाजवादीबाट जुम्लाका सांसद पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनेका छन्

मुख्यमन्त्री शाहीले यसअघि नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सभा दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिसकेका थिए।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News