प्रेसपालिका संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाँफिकोट गाउँपालिका समितिले दास्रो चरणमा टोल तथा सेल कमिटिको भेला तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पार्टीको पालिका बैठकले विभिन्न वडाका टोलहरुमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोहि अनुसार पार्टीले टोल तथा सेल कमिटिमा छलफल तथा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।
पालिका कमिटिले पहिलो चरणमा सबै वडामा प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । वडाहरुमा प्रशिक्षण कार्यक्रम, बिभिन्न जनवर्गिय संगठनको भेला, पार्टीमा आस्थावान बिभिन्न पेशा व्यवसायमा लागेहरुको भेला तथा संगठन विस्तारको काम पछि टोलहरुमा पनि भेला तथा प्रशिक्षणको काम सुरु भएको पार्टीका पालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
पार्टीले वडा नं. ५ को माथिल्लो काडामा समसामहिक राजनितिक विषयमा अन्य पाटीसंग पनि छलफल गरेको छ । वडामा रहेका समस्या र समधानको विषयमा अन्य राजनितिक दलहरुसंग पनि छलफल गरिएको हो । त्यस्तै पार्टीको पालिका कमिटिले जनयुद्धका घाईते तथा अपाङ्गहरुसंग पनि छलफल थालेको छ । बुधबार मात्रै वडा नं. ४ को छिन खेतमा जनयुद्धका घाईते तथा अपाङ्गहरुसंग पार्टीले छलफल गरेको हो ।
पालिकाका कमिटि गाउँपालिकामा पूर्व जनमुक्ति सेनाको भेला गर्ने, सहिद परिवार घाईते अपाङ्गहरुलाई सम्मान गर्ने र जनयुद्धलाई भव्य बनाउने योजना पनि बनाएको छ । १ नम्बर वडाको माथि लागिम, २ नम्बरको थारकाट्टे, कुनाखेत, लामौचारमा भेटघाट तथा छलफल गरिने छ । ३ नम्बर वडाको भाग्ले, खोयापधेरा, जग्रा, ४ नम्बर वडाको को लोछावाङ र ५ नम्बर वडाको लिखावाङमा छलफल तथा बैठक गरिने छ ।
