माओवादी केन्द्र मुसीकोट १४ को बैठक सम्पन्न
64x64
२०७८ माघ १७ सोमबार प्रेसपालिका संवाददाता
155 Views

प्रेसपालिका संवाददाता

१७माघ२०७८,
नेकपा माओवादी केन्द्र मुसीकोट नगरपालिका वडा न.. १४ को बैठक सम्पन्न भएको छ । बैठकले यहि माघ २६, २७ र २८ गते टोल तथा सेल कमिटिको बैठक बस्ने निर्णय गर्दै टोलको ईन्चार्ज समेत तोकेको छ ,जसअनुसार छिवाङखोला टोल इन्चार्जमा मोतिराम खड्का,वल्लो लोरीबाङ टोल इन्चार्ज चन्द्र ब बिस्ट र पल्लो लोरीबाङ टोल इन्चाजमा दले बिस्टलाई चयन गरेको छ । वडामा सांस्कृतिक समुह गठन गर्ने,पार्टीका कामकाजलाई चुस्त दुस्त बनाउन घरदैलो अभियान कार्यक्रम गर्ने र वडामा जनयुद्ध दिवस भव्य रुपले मनाउने लगायतका निर्णय पनि गरेको छ ।

साथै बैठकले बिभिन्न जनवर्गिय संगठनको इन्चार्ज समेत तोकेको छ युवा  वाइसीएलको ईन्चार्जमा तेज बहादुर के सि लाई चयन गरेको छ भने, महिला ईन्चार्ज मा योशोदा बिस्ट, विद्यार्थी ईन्चार्ज मा विशाल बिस्ट र जनजाति ईन्चार्जमा भिम बहादुर बुढा र दलित इन्चार्जमा रतिराम रसाईलि लाई चयन गरेको छ ।

त्यस्तै पार्टीको वडा कमिटि कार्यालय पनि स्थापना गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य, कर्णाली प्रदेश समिति सदस्य तथा प्रेस सेन्टर नेपालका संस्थापक नेता गोविन्द रोका ‘सचिन’ ले कार्यालयको स्थापना गर्नुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News