माघ: १४ प्रेस सम्पादक: चाैरनहारी नगरपालिकामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र ) चौरजहारी नगर को दोसो सम्मेलन सम्पन्न भएकाे छ। पालिकामा रहेका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र )काे भेलाले तेज बहादुर बटाला का अध्यक्षतामा ३९ सदस्य पालिका कमिटी गठन गरेकाे छ। जसमा उपअध्यक्ष सागर घर्ती र निम बहादुर बुढा सचिव तुलाराम सुनार सह सचिव लाल बहादुर हमाल काेषाअध्यक्ष लक्ष्मी के सि रहनु भएकाे छ ।अखिल नेपाल किसान महासंघको दोस्रो नगर सम्मेलन उदघाटन आज भएकाे थियो ।
नगरपालिकाको वडा नम्वर ३ स्थित विजयश्वरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रांगनमा सम्मेलनको उदघाटन गरिएको हो ।
अखिल नेपाल किसान महासंघ चौरजहारी नगर सम्मेलन आयोजक कमिटिले आयोजना गरेको दास्रो सम्मेलनको किसान महासंघका केन्द्रिय सदस्य टेक वहादुर गिरीले पानसमा वत्ती वालेर उदघाटन गर्नुभएको थियो ।
चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माको प्रमुख आतिथ्यता रहेको उदघाटन समारोहमा किसान महासंघका केन्द्रिय सदस्य टेक वहादुर गिरी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य विरेन्द्र वुढा, डिला महतारा नगर कमिटी अध्यक्ष श्रीकृष्ण शर्मा, उपाध्यक्ष सपना विष्ट कार्कि लगाएतको उपस्थिति रहेको थियो ।