१४ माघ २०७८
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रको दोस्रो चौरजहारी नगर सम्मेलनको उदघाटन भएको छ ।
नगरपालिकाको वडा नम्वर ३ स्थित विजयश्वरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रांगनमा सम्मेलनको उदघाटन गरिएको हो ।
चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माको प्रमुख आतिथ्यता रहेको उदघाटन समारोहमा किसान महासंघका केन्द्रिय सदस्य टेक वहादुर गिरी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य विरेन्द्र वुढा, डिला महतारा नगर कमिटी अध्यक्ष श्रीकृष्ण शर्मा, उपाध्यक्ष सपना विष्ट कार्कि लगाएतको उपस्थिति रहेको थियो । अखिल नेपाल किसान महासंघ चौरजहारी नगर सम्मेलन आयोजक कमिटिले आयोजना गरेको दास्रो सम्मेलनको किसान महासंघका केन्द्रिय सदस्य टेक वहादुर गिरीले पानसमा वत्ती वालेर उदघाटन गर्नुभएको थियो ।
किसान महासंघ आयोजक समितिका संयोजक तेज वहादुर वटाको अध्यक्षता रहेको उदघाटन समारोह पछि आज नै वन्द्र सत्रको समय तालिका निर्धारण गरिएको छ