माघ १३, छबिलाल बिष्ट : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सानिभेरी गाउपालिका ३ नम्वर वडा समिति रुकुम (पश्चिम) को तेस्रो बैठक सम्पन्न भयको छ । पार्टीले सबै टोलको समिक्षात्मक बैठक तथा प्रशिक्षण कार्यक्रम सकेर वडामा बैठक बोलाएको हो । टोल नम्वर १,२,३,र ४ नम्बर टोलको बैठक तथा प्रशिक्षण उत्साजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ ।समीक्षात्मक बैठक तथा प्रशिक्षण कार्यक्रमको सहजिकरण वडा नं ३ पाटी समितिले गरेको थियो । पुस १२गते सम्पन वडा बैठकमा प्रत्यक टोल समिती अध्यक्षको रीपोट बुझेर सोही रीपोटमा छलफल भयको वडा अध्यक्ष गनेश बि क चिन्तनले जानकारी दिनुभयो ।
पाटीलाई बलियो बनाउन सेल ,टोल वडामा पाटिका कामकाजलाई तिव्रता दीने र समग्र जनताका समस्यालाई हल गर्न पाटी र सरकार लागिरहेको कर्णाली प्रदेश समिती सदस्य बिर्ख बहादुर बिष्टले बताउनु भयो। हामी जनताका समस्यालाई सब ैमिलेर हल गर्ने समेत बिस्टले बताउनुभयो ।
समस्याहरुलाई जतिसक्दो छीटै हल गर्ने प्रतिबद्धताका साथै पार्टिलाई वलियो बनाउन जनस्तरबाटै जनताको मन जित्नुपर्ने र पाटीका लोकप्रिय र क्रान्तिकारी बिचार आदर्श मान्ने सबैलाई गोलबन्द गर्नको लागी हामी फेरी एक पटक जुट्नुपर्ने उहाँको भनाई थियो । बैठकमा कर्णाली प्रदेश सदस्य दिपेन्द्र विक, बिर्ख बहादुर बिष्ट ,धनबिर ओलि, गाउसमिती सदस्य राम बहादुर बिष्ट बिरसींगलन बि क , भिम बहादुर खड्का लगाएत वडा समिती सदस्य र टोल समिती अध्यक्ष सचिव लगाएतको उपस्थिती रहेको थियो बैठकको संन्चालन वडा समीती सचिव जनक कुमार खड्काले गर्नुभयको थियो ।।