
कुबेर ओलि
२०७८माघ,१२
रुकुम पश्चिम् को त्रिबेणी गाउंपालिका अन्तगर्त नेपाल राष्ट्रीय कर्मचारी सगठन निजामती को प्रथम अधिबेशन हुने भएको छ। “प्रभाबकारी जनसेवा र पेसागत अधिकार सुनिश्चिता को लागि नेपाल राष्ट्रीय कर्मचारी सङ्गठन, शान्ति सुशाशन आत्मनिर्भरता र राष्ट्रीय समृद्धिको अभियान मा कर्मचारी को परिचालन“ भन्ने मुल नाराका साथ यहि माघ १५ गते त्रिबेणी गाउँपालिका ३ खारानेटा सभाहल मा बिहान १० बजे देखि सन्चालन हुने नेपाल राष्ट्रीय कर्मचारी सङ्गठन अधिबेशन आयोजक समिती त्रिबेनी गाउँपालिका संयोजक वीर बहादुर डागि ले जानकारी दिनु भएको छ।
नेपाल राष्ट्रीय कर्मचारी संगठनमा आस्था र बिचारसंग प्रतिबद्ध तथा संगठन मा आवद्ध त्रिबेनी गाउँ पालिका अन्तर्गत का विभिन्न कार्यालय मा कार्यरत कर्मचारीहरु निजामती ,स्वास्थकर्मी ,स्थानीय निकायका प्राबिधिक लगायत सबै कर्मचारी लाई उपस्तिथि को लागि आह्वान समेत गरियको संयोजक डागी ले बताउनुभयो ।
