माओवादी केन्द्र सानीभेरी गाउँ पालिका ३ मा बिभिन्न टोल समितिको बैठक सम्पन्न ।
64x64
२०७८ माघ ०५ बुधबार प्रेसपालिका संवाददाता
210 Views

छविलाल बिस्ट
२०७८माघ,५
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सानीभेरी गाउँ पालिका वडा नं ३ ले समिक्षात्मक बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत टोल नम्वर १,३,र ४ नम्बर टोलको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । समीक्षात्मक बैठक तथा प्रशिक्षण कार्यक्रम प्रशिक्षणको सहजिकरण वडा नं ३ को पाटीले गरेको बताएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य दीपेन्द्र बिक (मुस्कान) , नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य तथा वडा नं ३ का अध्यक्ष बिर्खबहादुर बिष्ट (केदार) , गाउँ कमिटी सदस्यहरू बीरसिं बिक , रामबहादुर बिष्ट ,वडा समिती अध्यक्ष गणेश चिन्तन, वाइर्. सि. एल. नेपाल कर्णाली प्रदेश समिती सदस्य गोविन्द वली , वाइर्. सि. एल नेपाल जिल्ला समीती सदस्य बालकुमार नकाल लगायतका नेताहहरुको उपस्थिति रहेको थियो ।
पाटीलाई बलियो बनाउन सेल ,टोल समिति निमार्ण गर्ने, वडा मा पाटिका कामकाजलाई तिव्रता दीने र समग्र जनताका समस्यालाई हल गर्न पाटी र सरकार लागिरहेको कर्णाली प्रदेश समिती सदस्य बिर्ख बहादुर बिष्टले बताउनु भयो। हामी जनताका समस्या बुझ्नको लागी टोलटोलमा आएको उहाँले बताउनुभयो । समस्याहरुलाई जतिसक्दो छीटै हल गर्ने प्रतिबद्धता समते व्यक्त गर्नुभयो । पार्टिलाई वलियो बनाउन जनस्तरबाटै जनताको मन जित्नुपर्ने र पाटीलाई लोकप्रिय र क्रान्तिकारी बिचार आदर्श मान्ने सबैलाई गोल्ल बन्द गर्नको लागी हामीले यो अभियान थालेको वडा अधक्ष्य गनेश बिक (चिन्तन) जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News