चौरजहारी नगरपालिकामा मा.वि स्तरिय लोक तथा दोहोरी गित प्रतियोगिता हुने ।।
64x64
२०७८ पुष २८ बुधबार प्रेसपालिका संवाददाता
490 Views

पुष,२८
शक्ति बारघरी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माध्यमिक तह स्तरीय लोक तथा दोहोरी गित प्रतियोगिता कार्यक्रम संचालन हुने भएको छ ।
बहुक्षेत्रीय पोषण र चौरजहारी नगरपालिकाको आयोजनामा बाल बिबाह न्यूनीकरण विद्यार्थीको भुमिका बिषयमा उक्त लोक तथा दोहोरी गित प्रतियोगिता संचालन हुन लागेको हो ।
यहि पौष ३० गते हिमालय माध्यमिक बिद्यालय खोलागाउमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको नगर शिक्षा शाखाले जानकारी दिएको छ ।
चौरजहारी नगरपालिका अन्तर्गत सञ्चालन लित सबै माध्यमिक बिद्यालयमा अध्यनरक्त छात्रछात्रा ३÷३ जना गरी दुई समुहमा अनिवार्य रुपमा सहभागिता जनाउनु पर्ने चौरजहारी नगरपालिका शिक्षा शाखाका प्रमुख टिकाजङ्ग ओलिको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News