
पुष २७ रुकुम(पश्चिम)शक्ति बराघरी चौरजहारी नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासँघ क्रान्तिकारी केन्द्रको भेला सप्पन्न भएको छ ।
जेष्ठ किसान धन वीर रानाको अध्यक्षतामा चौरजहारी नगरपालिका वडा नम्बर २ को कार्यलयमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले अध्यक्षमा मकुन्त गौतम उपाध्यक्ष पुतला राना सचीव भिमबहाुर गिरी सहसचिव झुप्रे विष्ट र कोषाध्यक्ष खोपी खत्रि लाई चयन गरिनुका साथै कमिटी गठन गरेको माउबादी केन्द्रका नगर कमिटी सचिव वीर बहादुर रानाले जानकारी दिनु भयो
कार्यक्रममा पार्टी नगर कमिटी उपाध्यक्ष सपना विष्ट कार्कि नगर कमिटी सदस्य नारायण प्रसाद खनाल,दिवाकर गौतम,किसान महासंघ जिल्ला सदस्य रतिराम राना लगायत अग्रज व्यक्तित्व सुन्दर राना,र रामकुमार गौतमको उपस्थिति हुनुको साथै कार्यक्रमको संचालन तुलाराम सुनारले गर्नु भएको थियो
