मुसिकाेटमा किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम समिक्षा बैठक सम्पन्न ।
64x64
२०७८ पुष २६ सोमबार प्रेसपालिका संवाददाता
180 Views

सम्पादक :
मुसिकोट नगरपालिकामा किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको समिक्षा बैठक एबं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युएसएआइडी, सुआहारा र रुकुमेली समाज विकास केन्द्रको सहयोगमा नगरपालिका अन्तरगत स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा नगरपालिका स्तरीय किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको समिक्षा बैठक एबं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका संयोजक एबं मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमको अध्यक्षतामा यहि पौष २५ गते आइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, सामाजिक विकास समितिका संयोजक एबं वडा नम्बर ५ का अध्यक्ष शुसिल गौतम, शिक्षा अधिकृत बिनाराम खड्का, लेखा अधिकृत नरेन्द्र बिष्ट, जनस्वास्थ्य अधिकृत मानबहादुर खत्री, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नर बहादुर नेपाली, सुआहाराका जिल्ला संयोजक पुष्पबहादुर रावल, फिल्ड संयोजक जगदिश खड्का, नगरक्षेत्रत्रिका सबै बिद्यालयका प्रधानाध्यापक तथा आइरन तथा फोलिक एसिड श्रोत ब्यक्ति र बिद्यालय नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक बेदराम ओलीले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |