मुसिकाेटमा निशुल्क पशु स्वास्थ्य खाेप शिविर सुरु ।
64x64
२०७८ पुष २५ आइतबार प्रेसपालिका संवाददाता
209 Views

प्रेसपालिका सम्पादक : रुकुम पश्चिमको मुसिकोट नगरपालिका रुकुम पश्चिममा पशूको महामारीजन्य रोगको नियन्त्रणको लागि निशुल्क खोप शिविर अभियान सुरु भएको छ । मुसिकोट नगरपालिकाका १४ ओटै वडाका किसानहरुलाई लक्षित गरि शिविर सुरु भएको हो।
मुसिकोट नगरपालिकाका १४ ओटै वडामा सञ्चालन हुने शिविर आज मुसिकोट नगरपालिका ६,७ र ८ नम्बर वडालाई लक्षित गरि उक्त अभियान साँख दहबाट सुचारु भएको हो । ७ नम्बर वडा सदस्य तोक बहादुर खत्रि बाट व्यानर पढि अभियानको उद्धघाटन गरिएको हो ।
आज मुसिकोट नगरपालिकाका ६,७ र ८ नम्बर वडाका गरि २८ जना महिला ४९ जना पुरुष गरि जम्मा ७७ जना कृषक ले ३ वटा बिरालो र ८३ ओटा कुकुर गरि जम्मा ८६ ओटा कुकुर बिरालाहरु बिरुद्ध रेबिज खोप लगाईएको छ ।
मुसिकोट नगरपालिका,पशु सेवा शाखाको आयोजना र नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एसोसिएसन,जिल्ला कार्यसमिति रुकुम पश्चिमको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रममा पशु सेवा प्राविधिक तथा एसोसिएसन जिल्ला अध्यक्ष शिवराज महतारा,नायव पशु प्राविधिक तथा एसोसिएसन कर्णालि प्रदेश सदस्य पहिलभान खत्रि र नायब पशु स्वास्थ्य प्राविधिक राजु केसि ले सेवा दिईराख्नु भएको छ ।उक्त शिविर पौष २९ गते सम्म चल्ने पशु सेवा प्राविधिक तथा एसोसिएसन जिल्ला अध्यक्ष महताराले जानकारी दिनुभयो । जस अनुसार भोलि ४,६,७,९,१० र ११ नम्बर वडाको लागि मुसिकोट नगरपालिका ९ को होल्तारामा शिविर हुने महताराले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News