चाैरजहारी नगरपालिकामा काङ्ग्रेसले थाल्याे घरदैलाे अभियान ।
64x64
२०७८ पुष २५ आइतबार प्रेसपालिका संवाददाता
255 Views

 

गाेपालसिं खड्का : रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकामा नेपाली काङ्ग्रेसले घरदैलाे कार्यक्रम सञ्चालन गरेकाे छ । एक शनिबार एक वडा भेटघाट कार्यक्रम गर्ने निर्णय अनुसार नेपाली काङ्ग्रेस चाैरजहारी नगर कार्यसमितिकाे निर्णय अनुसार घरदैलो कार्यक्रम गरेकाे नेपाली काङ्ग्रेस चाैरजहारीका सभापति प्रेमबहादुर अाेलीले जानकारी दिनुभएको छ ।उहाँका अनुसार आजकाे शनिबार चाैरजहारी नगरपालिकाकाे वडा नं. १४ का विभिन्न टाेलहरुमा भेटघाट गरेकाे छ ।भेटघाट कार्यक्रममा  चाैरजहारीकाे लामाडाँडा, लिउरेबारी ,नाउली ,नुवाकाेटडाँडा हुँदै तिमीलेसम्म आइ पुगेकाे नेपाली काङ्ग्रेस चाैरजहारी नगरकमिटी सचिव लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।कार्यक्रममा बाेल्दै जनताकाे मन जित्दै चुनावमा जान्छाै ,राजनिति बितृष्णाा आउनुमा कार्यकर्ताकाे कमजोरी भएको छ पहिलेकाे नगर कमिटी घरदैलाे पुगेन् भेटघाट नै गरेन जनताकाे मन जित्न सकेन त्यसैले आफुहरु नयाँ अभियान सहित गाउँका जनताहरुसँग सुखदुःख साटन आएकाे कमिटी सचिव ओलीले बताउनु भएको हाे ।सहिद हरिभक्त ओलीकाे माघ १ गते स्मृति दिवशकाे प्रचारप्रसार गर्न र मासिक भेटघाट हुने अभियान सहित आफुहरु आएकाे नगर सभापति ओलीकाे भनाई रहेकाे थियाे ।अभियानमा चाैरजहारी नगरपालिका नगर कमिटी सभापति प्रेमबहादुर ओली ,पुर्व सभापति एवम् १ नं. वडाका वडाअध्यक्ष भर्दबहादुर विष्ट ,नगर कमिटी सचिव द्दय लक्ष्मण ओली र कर्णसिं ओली १४ नं. वडाका सभापति थलबहादुर कँवर महाधिवेशन प्रतिनिधि दिपा डाँगी खड्का लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |