शक्ति बारघरी यसरी मुक्तकमा बहकिन्छन् ।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
430 Views

शक्ति बारघरी                                              रुकुम (पश्चिम् )चौरजहारी नगरपालिका ७

सीता अनि भृकुटी जस्ती कन्या अन्माउनु छ यहाँ !
वीर भद्र अमर सिंह जस्ता छोरा जन्माउनु छ यहाँ !
भ्रष्ट र कु-प्रचारले होमिएको मेरो देशमा !
सगरमाथा जसरी लाल किल्ला उभ्याउनु छ यहा  !    २
वीर सहिदको रगतले मुचिएको मेरो देशमा !
हाड अनि छाला लुछियको मेरो देशमा
सहिदका सपना कहिले साकार होलान खै!
भाइ भाइकि श्रीमतिको सिन्दुर पुछिएको देशमा     ३                                                             बिचार र सिद्धान्तमा अटल बन्नु छोरा !
लाटो र साहाराबिनका कुरा पनि सुन्नु छोरा
तेरो बाउलाई त यहाँ बुङ्गो बनाए बनाए !
सगरमाथाको शिर जस्तै गरि चुम्नु छोरा
आफ्नो सम्मान र प्रतिष्ठामा कहिले नगुम्नु छोरा!

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News