नेकपा एमाले रुकुम पश्चिम को जिल्ला अधिवेशन तयारी पुरा ।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
345 Views

प्रेसपालिका सम्पादक -भाेली शुक्रबार आठौ जिल्ला अधिवेशन गर्न लागेको नेकपा एमाले रुकुम पश्चिमले जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ । सदरमुकाम खलंगा स्थित बागबजारमा रहेको पार्टी कार्यालयमा अधिवेशन उद्घाटन गर्ने प्रचार प्रसार बिभाग प्रमुख कर्ण ओलिले जानकारी दिनुभयो
अतिथि निमन्त्रणा देखि प्रतिनिधि छनौट लगायतका काम सम्पन्न भइसकेको छ । अधिवेशनमा पोलिटव्युरो सदस्य खेममान खड्का प्रमुख अतिथितका रुपमा आउनुहुने भएको छ भने अतिथिमा केन्द्रीय सदस्य तिर्था गौतम र चन्द्रबहादुर विश्वकर्मा पनि जिल्लामै रहेको एमालेले जनाएको छ ।

यो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । अधिवेशनमा आयोजक समिति र प्रतिनिधि गरी ४ सय बढी सहभागि हुने जनाएको छ । एमालेले २ सय ७५ जनाको जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News