देब गुरुङ : महासचिव पदका लागि तयार छु ।
64x64
२०७८ पुष २१ बुधबार प्रेसपालिका संवाददाता
205 Views

२१ पुस, सम्पादक ।नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको नाममा सहमति नभएमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो व्यक्तिको खोजी गर्ने बताए । तेस्रो व्यक्तिको खोजी गर्दा आफूलाई जिम्मेवारी दिएमा तयार रहेको उनको भनाइ छ ।

नेता गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए । ‘…थोरै गृहकार्य गर्ने क्रममा थोरै लेट भइरहेको अवस्था छ । सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा लेट भएको हुनुपर्छ’ उनले भने ।उहाँहरु दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । …लिडरसीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाइनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन’ उनले भने

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News