एमाले चौरजहारी नगर कमिटीको समानान्तर कमिटी घोषणा
64x64
२०८१ जेठ ०३ बिहिबार प्रेसपालिका संवाददाता
68 Views

रुकुम पश्चिम ३, जेठ ।

नेकपा एमाले  चौरजहारी नगर कमिटी रुकुम पश्चिममा
नेतृत्व चयनको प्रक्रियामा विवाद हुदा दुई छुट्टाछुट्टै कमिटिको घोषणा गरिएको छ । मंगलबार देखी सुरु भएको नगरकमिटीको दोस्रो अधिवेशनमा नेतृत्वको बिषयलाई लिएर मनमुटाव हुदा दुई छुट्टा छुट्टै कमिटिको घोषणा गरिएको हो ।

 

मगलबार उद्घाटन भयको अधिवेशन लगतै बन्द सत्रमा प्रवेश गरेको थियो । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रियामा विवाद उत्पन्न भएको बताएको छ ।

 

बन्दसत्रले पार्टी जिल्ला सचिव शशिराम परियारको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । अध्यक्ष मण्डलका अध्यक्ष शशिराम परियार लगायतको टिमले नगर अध्यक्षमा अतिराम वलीको नेतृत्वलाई घोषणा गरेपछी विवाद ऊत्पन्न भयको हो ।

 

 

अध्यक्ष मण्डलका अन्य चार सदस्यहरुले भने, अध्यक्ष मण्डलका अध्यक्ष परियारको टिमले एकलौटी रुपमा मनोमानी ढंगबाट निर्णय गरेको भन्दै ओम प्रकाश आचार्यको नेतृत्वमा अर्को कमीटी घोषणा गरेको छ ।

 

 

अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्य पदमा भने यसअघि नै सहमति भइसकेको छ । सोहि विषयलाई लिएर बिहान रुकुम पश्चिमको चौरजहारीस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो ।

 

 

चौरजहारी नगरपालिका –२ स्थित यदु स्मृति प्रतिष्ठान तथा पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका थिए । ताला केहिबेरमा खुलेको जिल्लास्थीत नेताहरुले बताएका छन् । विवाद समाधानकालागि आन्तरिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News