एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा
64x64
२०८० चैत्र १९ सोमबार प्रेसपालिका संवाददाता
216 Views

रुकुम पश्चिम १९, चैत ।
नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन हुनुभएको छ । पार्टीको नवौं अधिवेशनले देवकोटालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

 

६९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा मनबीर घर्ती, सचिवमा शसिराम नेपाली सर्वसम्मत चयन भएको एमाले रुकुम पश्चिमले बताएको छ ।

 

त्यस्तै उपसचिवमा पुरुषबाट तिलक बस्नेत र महिलाबाट व्युझना पुन देवकोटा सर्वसम्मत चयन हुनुभएको छ ।

 

निर्वाचित नयाँ कार्यसमितिले समावेशीबाट महिलालाई मनोनीत गर्ने निर्णय समेत गरेको जनाएको छ ।

 

जिल्ला कमिटी विवरण यहाँ हेर्नुस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News