अनेरास्ववियू क्रान्तिकारीको चौथो नगर सम्मेलन सम्पन्न
64x64
२०८० माघ १३ शनिबार प्रेसपालिका संवाददाता
106 Views

रुकुम पश्चिम १३, माघ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चौरजहारी नगर समिति रुकुम पश्चिमको चौथो नगर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार चौरजहारी नगरपालिकामा सम्पन्न सम्मेलनले नबिन्द्र महताराको अध्यक्षतामा २९ सदस्यीय नगर समिति चयन गरेको छ ।

 

जसको उपाध्यक्षमा रोशन ढकाल र सपना बि.क., सचिवमा विरेन्द्र के.सी., सहसचिवमा प्रतिमा राना र सृजना रोका र कोषाध्यक्षमा भविन्द्र नेपाली चयन हुनुभएको छ ।

 

निवर्तमान नगर अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा  नेकपा (माओवादी केन्द्र) चौरजहारीका ईन्चार्ज बिरेन्द्र बि.एम.को प्रमुख आतिथ्यता रहेको थियो ।

 

 त्यस्तै पार्टीका नगर अध्यक्ष सुदास स्वर्णकार, उपाध्यक्ष खुमबहादुर खड्का, सचिव एल.बि. कटुवाल, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष निराजन केसी, विद्यार्थि नेता नारायण केसी लगायतको उपस्थिति रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News