रुकुम पश्चिम ११, माघ ।
राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भयका हुन ।
महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया र दलिततर्फ माओवादीका विष्णु विक विजयी हुनभएको हो ।
मल्लले ३ हजार ७२२ मतभार प्राप्त गर्दा उनकी प्रतिस्पर्धी एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार पाइन् । यस्तै, विकले ३ हजार ८१७ मतभार ल्याएर विजयी हुँदा एमालेका हिक्मत विकले १ हजार २६७ मतभार ल्याए ।
रोकायाले ३ हजार ८७० मतभार ल्याउँदा एमालेका डिल्लीप्रसाद भट्टले १ हजार २१४ मतभार प्राप्त गर्नुभएको छ ।
यसैबीच रुकुमबाट निर्बाचित रोकाय को हुन ?
रुकुम पश्चिममा जन्मनुभएका कृष्ण वहादुर राेकाय २०४७ सालमा नेविसंघ संस्थापक अध्यक्ष हुनुभएको हो । उहाँ २०४९ मा नेविसंघ अध्यक्ष तथा २०५७ मा नेपाली काङ्ग्रेस रुकुमको अध्यक्ष हुनुभयो । २०६७ मा नेका केन्द्रीय विभाग सदस्य हुनुभयो । त्यसपछि २०७२ मा नेपाली कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानकाे सदस्य हुनुभएका रोकाय २०७८ मा नेपाली कांग्रेस कर्णाली प्रदेश महामन्त्री हुनुभयो ।