माओवादीका पूर्व ब्रिगेड कमाण्डर पक्राउ
64x64
२०८० माघ ११ बिहिबार प्रेसपालिका संवाददाता
257 Views

निराजन सिर्पाली 

रुकुम पूर्व ११, माघ ।

माओवादीका पूर्व ब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ पर्नुभएको छ । उहाँ तीन दिन अघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो ।

 

रुकुम पूर्वको भुमे गाउँपालिका –१, घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। सोही मुद्दामा उहाँलाई प्रहरीले पक्राउ गरेकोे बताइएको छ ।

 

तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाउँनुभएको छ ।

 

पुन २०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीको उम्मेदवारसमेत हुनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |