निराजन सिर्पाली
रुकुम पूर्व १४, मङ्सिर ।
नेकपा माओवादि केन्द्र रुकुमपूर्वको जिल्ला स्तरीय आधारभूत स्कुलिङ प्रशिक्षण कार्यक्रम पुथा क्षेत्रमा सम्पन्न भएको छ । पुथाउत्तरगंगा गाउँपालिका -५ हुकामलाई केन्द्र मानेर उपल्लो पुथा क्षेत्रमा २ दिनसम्म चलाइएको स्कुलिङ सम्पन्न भएको जनाइएको छ ।
पुथाउत्तरगंगा गाउँपालिकामा पुथा र उत्तरगंगा क्षेत्र बनाई २ चरणमा स्कुलिङ कार्यक्रम चलाइएको हो । जसअन्तर्गत पुथा क्षेत्रको स्कुलिङ मंसिर १२ र १३ गते हुकाममा सम्पन्न भएको छ भने १४ र १५ गते उत्तरगंगा क्षेत्रमा गाउँपालिकाको १२ नम्बरवडा कोलमा स्कुलिङ कार्यक्रम सञ्चालन हुने नेकपा माओवादि केन्द्र रुकुमपूर्व जिल्ला संयोजक कुमारी बरालले जानकारी दिनुभएको छ ।
उत्तरगंगा क्षेत्रको केन्द्र कोलमा गाउँपालिकाका ७,८,१०,११,१२,१३ र १४ नम्बर वडाका नेता कार्यकर्तालाई लक्षित गरिएको छ । आज दोस्रो दिन हुकाममा राजबहादुर बुढा अविनासले कम्युनिष्ट पार्टी र संगठनात्मक सिद्धान्तको बिषयमा स्कुलिङ दिनुभएको थियो । यसैगरी दुर्गा गौतम मानध्वजले दर्शन शास्त्र र माक्र्सवादि राजनीतिक अर्थशास्त्र, साँस्कृतिक रुपान्तरणको बिषयमा कुमारी बराल गौतम बिपना र संघियता समावेशी तथा जातीय सवालको बिषयमा पुनिराज घर्ती रामेशले स्कुलिङ दिदै पार्टी र सत्ताबिच अन्तरक्रिया गरिएको माओवादी केन्द्रले जनाएको छ ।
भोली उत्तरगंगा क्षेत्र कोलमा पनि कमला रोका क्रान्तिको प्रशिक्षनात्मक मन्तव्यसंगै स्कुलिङका लागि राजबहादुर बुढा अविनास, पुनिराज घर्ती रामेश, कुमारी बराल गौतम विपना र दुर्गा गौतम मानध्वजले स्कलिङ दिनुहुनेछ ।
यसअघि जिल्लाकै भूमे गाउँपालिकामा पनि स्कुलिङ सम्पन्न भैसकेको छ भने मंसिर १९ र २० गते सिस्ने गाउँपालिकाका लागि रुकुमकोटमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिने र पालिकामा स्कुलिङबाट प्रशिक्षित भएका टोलीले वडा र टोल स्तरमा स्कुलिङ चलाउने कार्यसुचि बनेको छ ।