नेकपा एस निकट युवा संघको अध्यक्षमा खड्का
64x64
२०८० कार्तिक १५ बुधबार प्रेसपालिका संवाददाता
278 Views

रुकुम पश्चिम १५, कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ रुकुम पश्चिमको ११ औं जिल्ला अधिवेशनबाट सर्वजित खड्का अध्यक्षमा चयन भएका छन् । बुधबार मुसिकोटमा सम्पन्न युवा संघको भेलाबाट खड्का अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

भेलाले दुई जना सदस्य पछि थप गर्ने गरि २७ सदस्यीय युवा संघ गठन गरेको नेकपा एसका पार्टी सचिव सुरज कुमार परियारले जानकारी दिनुभएको छ । उहाँका अनुसार युवा संघको उपाध्यक्षमा ज्ञानेन्द्र खनाल, सचिवमा नविन शर्मा, सहसचिवमा अविराम पुन मगर र कोषाध्यक्षमा गणेश बुढाथोकी चयन भएका छन् ।

११ औं जिल्ला अधिवेशनमा युवा संघका केन्द्रीय आयोजक कमिटी सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष सन्तोष खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टी केन्द्रीय सदस्य तथा इन्चार्ज देवी ओली, विमल कुमार पुन, युवा संघका नेता लगायतको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News