पेल्मामा माओवादीको विषेश भेला तथा प्रशिक्षण सम्पन्न
64x64
२०८० असोज २० शनिबार प्रेसपालिका संवाददाता
177 Views

रुकुम पूर्व २०, असोज ।
देशभर सञ्चालन भएको नेकपा माओवादी केन्द्रको ३ महिने अभियान अन्तर्गत रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको उपल्लो क्षेत्रमा अभियान जारी रहेको छ । शुक्रबार जिल्लाकै अन्तिम सिमानामा पर्ने २ नम्वर वडाको पेल्मा गाउँमा भेला प्रशिक्षण सम्पन्न भएको छ ।

पूर्वमन्त्रि एवम् माओवादी स्थायी कमिटी सदस्य कमला रोका (क्रान्ति) सहितका नेता कार्यकर्ताको टोलीले पेल्मा भेला प्रशिक्षण गरि जनभेटघाट जारी रहेको बताइएको छ । माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष धर्मजित कामीको अध्यक्षतामा सुरु भएको भेला प्रशिक्षणमा पूर्वमन्त्री कमला रोका (क्रान्ति) को प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा पार्टीका लुम्विनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक कुमारी बराल (गौतम) बिपनाको विषेश आतिथ्यता रहेको थियो । भेला प्रशिक्षणमा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ कमिटी उपाध्यक्ष तथा लुम्विनी प्रदेशसभा सदस्य माननीय दिलकुमारी बुढाको पनि आतिथ्यता रहेको थियो ।

लुम्विनी प्रदेश सल्लाहकार सदस्य जमराज पुन (योद्धा) लगायतका नेता कार्यकर्ताले पार्टी कमिटिको तर्फबाट वडाभित्र भएको सांगठनिक गतिविधि र विकास निर्माणका विषयवस्तु सहितका रिर्पोटिङ राखेको कार्यक्रम सञ्चालक काजि शेर्पालीले बताउनुभएको छ । रिर्पोटिङका क्रममा स्थानीय कार्यकर्ताहरुले पार्टीका तल्लो स्तरका कार्यकर्ता र समर्थक जनताहरुभन्दा पार्टी र सरकारको नेतृत्व गर्ने नेताहरु नै सबैभन्दा पहिला रुपान्तरण हुनुपर्नेमा जोड दिएका थिए ।

माओवादीले सञ्चालन गरेको जनयुद्धका बेला २ नम्वर वडाको झार्लुङबाट बिद्रोहको सुरुवात भएको पाइन्छ । कार्यकर्ताहरुले नेताहरुले गाउँ छाडेको र कायकर्ताबिचको दुरी लम्बिएकोप्रती सच्याउन सुझाव दिएका थिए ।

भेलालाई प्रशिक्षणात्मक मन्तव्य दिदै पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य कमला रोका (क्रान्ती) ले ऐतिहासिक जनताको बिद्रोहबाट सृजित आधार इलाकाबाटै आमूल  परिवर्तनको यात्रा गर्नुपर्ने बताउनुभएको छ । नेतृ रोकाले गन्तव्यमा पुग्न बाकि रहेको र यो यात्रामा अघि बढिरहदा सबै सबैले अन्तिम गन्तव्यसम्म साथ नदिने बताउनुभयो । पूर्वमन्त्रि रोकाले डा. बावुराम भट्टराइ र मोहन बैद्य किराण बिप्लव लगायतका नेताहरुलाई कटाक्ष गर्दै यात्राभित्रका कठिनाइलाई बेवास्ता गर्दै गएको बताउनुभएको छ । त्यस्तै उहाँले रुकुम जिल्लाबाटै पार्टी छोडेका नेताहरुको नाम लिदै पार्टी टुटफुटमा पुगेका सबैलाइ घर फर्किने  प्रक्रियामा चलिरहेको जनाउनुभएको छ ।

नेतृ रोकाले बावुराम भट्टराई, किरण बिप्लव लगायतका नेताहरुले नेतृत्व गरेको पार्टीहरु माओवादीमै एकता गरि उहाँहरु पुरानै घर फर्किएको समाचार सुन्न पाउनुहुनेछ भन्दै कार्यकर्ताहरुलाई आश्वासन दिनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै माओवादी केन्द्र जिल्ला संयोजक कुमारी बरालले जिल्लाभरी २ वडा वडा बाहेक सबै वडाहरुमा पार्टी कमिटिको बैठक बसिसकेको जानकारी गराउदै जनताभन्दा माओवादीको दूरी टाढा भएको हुँदा पार्टीका नेताहरु आजको आवश्यकता अनुसार पुनः जनतामा आउनुपर्ने यस अभियानको मुख्य उद्देश्य भएको बताउनुभएको छ ।

यसै क्रममा नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँकमिटि उपाध्यक्ष तथा लुम्विनी प्रदेश सभा सदस्य माननीय दिलकुमारी बुढाले आफुलाई निर्वाचित गराउने सम्पूर्णलाई धन्यवाद दिदै आम निर्वाचनका बेला फाटेका मनहरु एकै ठाउँमा जोडिसकेको र आफुहरु पनि एकै संसदिय दलबाट सोहि लेटरप्याडमा योजना लेखि माग गरेको बताउनुभउको छ । उहाँले यस पेल्मा क्षेत्रमा निर्वाचन क्षेत्र कोषबाट यसपटक प्रत्येक वडालाई नछुट्ने गरि योजना निर्माण गरेको बताउनुभएको छ ।

शुक्रबारको भेला प्रशिक्षणमा वडा कमिटी सदस्य जनक कामीले स्वागत मन्तव्य राख्नुभएको थियो । भेला प्रशिक्षण कार्यक्रम सकेर माओवादी नेताहरुले जनताको घरदैलोमा भेटघाटसंगै सञ्चालित विकासे योजनाहरुसंगै पर्यटकीय सम्भावनात्मक स्थल र सांगठनिक क्रियाकलापको अनुगमन गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News