माओवादी रुकुम पूर्वको रुपान्तरण अभियान जारी
64x64
२०८० असोज १८ बिहिबार प्रेसपालिका संवाददाता
265 Views

रुकुम पूर्व १८, असोज ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेकाे ३ महीने विशेष रुपान्तरण अभियान अन्तर्गत आज रुकुमपूर्व जिल्लाकाे पुथाउत्तरगंगा गाउँपालिका -५, काजरजंगदेखि जनभेटघाट गर्दै जिल्लाकाे अन्तिम सिमाना २ नम्बर वडाकाे पेल्मा बस्तिमा पुगेकाे छ । पूर्वमन्त्री एवम् माओवादी केन्द्र स्थायी कमिटी सदस्य कमला राेकाकाे नेतृत्वमा अभियान टोली  आज हुकामबाट अगाडि बढेको छ ।

अभियानमा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयाेजक कुमारी  बरालसंगै लुम्बिनी प्रदेशका सल्लाहकार जमराज पुन (याेद्दा), पुथाउत्तरगंगा गाउँकमिटी उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिलकुमारी बुढा लगायत वाइसीएल र स्थानीय पार्टी कार्यकर्ता सहितकाे टाेलि अभियानमा खटेकाे छ ।

पुथा ५ काे काजरजंगमा भेटघाट गर्दा स्थानीयले पार्टी संगठनकाे बारेमा जानकारी गराउँदै स्थानीय विकास निर्माणकाे बिषयमा रिपोर्टिङ राखेका थिए । स्थानीय कार्यकर्ताले जनयुद्धकालिन माओवादी आधार ईलाकाकाे स्मरण गराउँदै पार्टीभित्रकाे अन्तरबिराेधलाई एकढिक्का बनाउनुपर्नेमा सुझाव दिएका छन् । स्थानीयले पुथा क्षेत्रमा जर्जर अवस्थामा रहेकाे ढाेरपाटन वन्यजन्तु सिकार आरक्षकाे बिवादले जनताले खेप्नुपरेको सास्तीको बिषयमा जानकारी गराएका थिए । स्थानीयले आरक्षकाे सिमाङ्कनकाे बारेमा समेत जानकारी नरहेकाे बताएका छन् ।

भेटघाटका क्रममा लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिलकुमारि बुढाले यातायातलाई नै मुख्य प्राथमिकतामा राखेर स्वास्थ शिक्षा राेजगार जस्ता तमाम आवश्यकताका बारेमा आफूहरु लागिरहेकाे जानकारी गराउनुभएकाे थियो । माओवादी केन्द्र रुकुमपूर्व जिल्ला संयाेजक कुमारी बरालले यस क्षेत्रमा माओवादी मात्र नभइ अन्य नागरिकहरुले पनि आन्दोलनमा साथ दिएर नै आजकाे परिस्थिति सहज बनेकाे र आजकाे दिनमा स्थानीय उत्पादनमा बृद्धि गरि आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा संयाेजक बरालले जाेड दिनुभएको छ । उहाँले सञ्चालित बिकास निर्माणका याेजनाहरुलाई निरन्तरता दिने र नयाँ याेजनाहरुकाे बारेमा सरकारसंग समन्वय गर्ने समेत जानकारी गराउनुभएकाे छ ।

माओवादीको ३ महीने अभियान अन्तर्गत याे दाेस्राे हप्ताकाे अभियान हाे । उक्त अभियानमा खटिएको टाेली जनभेटघाट र प्रशिक्षण चलाउदै उपल्लो क्षेत्रकाे पेल्मा मैकाेट खाराबाङ तकसेरा हुदै पुनः सदरमुकाम रुकुमकाेट फर्किने कार्यसूचि रहेको प्रेस सेन्टर नेपालका जिल्ला उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बिक्रम परियारले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |