माओवादी केन्द्रको टोल कमिटी बैठक सम्पन्न
64x64
२०८० भाद्र २१ बिहिबार प्रेसपालिका संवाददाता
241 Views

सत्य बटाला
रुकुम पश्चिम २१, भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठबिसकोट नगरपालिका वडानम्बर -५, मा टोल कमिटी बैठक सम्पन्न गरिएको छ । अभियान इन्चार्ज बिरेन्द्र बिएमका अनुसार वडाको ४ टोलमा बैठक सम्पन्न गरिएको हो ।

थापागाउँ टोल कमिटी बैठक अभियान सदस्य घनश्याम भन्डारी, भन्डारी गोसाइँ टोल कमिटी अभियान सदस्य धन बहादुर बस्नेत, रोकाय रिम्का टोल कमिटी  सदस्य भिमसेन थापा र तुल बहादुर थापा, काथिन सिजल गाउँ टोल कमिटी बैठक अभियान इन्चार्ज बिएम र अभियान सदस्य नन्नी बस्नेतको नेतृत्वमा अभियान सम्पन्न गरिएको छ ।

बैठकले तीन महिने अभियानमा प्रत्येक घरघरमा गएर जनताका गुनासा सुन्ने, सल्लाह सुझाव लिने, नयाँ सदस्यता, सदस्यता नवीकरण लगायतका कार्य सञ्चालन गरिएको ईन्चार्ज विएमले बताए । त्यस्तै टोल कमिटीका सदस्यहरुले बैठकमा रिपोर्टिङ समेत गरेका थिए ।

अभियान कार्यक्रममा नेकपा माओवादी केद्र जिल्ला समन्वय सदस्य एवम अभियानका वडानम्बर -५, का इन्चार्ज बिरेन्द्र विएम माओवादी  माओवादी केन्द्र नगरकमिटी उपाध्यक्ष तथा अभियान सदस्य धन बहादुर बस्नेत, माओवादी केन्द्र नगर कमिटी सचिवालय सदस्य घनश्याम भण्डारी, वडा कमिटी प्रेस सेन्टर नेपाल आठविसकोट इन्चार्ज सत्य बटाला, वडा कमिटी अध्यक्ष तथा सदस्यहरु टोल कमिटीका पदाधिकारी सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News