जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु
64x64
२०८० भाद्र १६ शनिबार प्रेसपालिका संवाददाता
1490 Views

रुकुम पश्चिम १६, भदौ ।
रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको छ । जिल्लाका ६ वटा  स्थानीय तहका ७३ वडामा एकैसाथ अभियान सुरु भएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर एकै पटक अभियानको उद्घाटन गरेसंगै देशभर एकैसाथ आजदेखि अभियान सुरु भएको छ ।

अभियानले आजको युगको नेतृत्व तयार पार्ने विश्वास माओवादी केन्द्रले लिएको छ । साथै अभियानमा संगठन विस्तार, सदस्यता वितरण तथा नवीकरण, छलफल, बैठक, जनभेटघाट लगायतका गतिविधि संचालन हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

तीन महीना सम्म सन्चालन हुने अभियानबाट २५ लाख मतदातासंग प्रत्यक्ष संवाद गर्ने र ८ लाख सदस्य बनाउने मुख्य उदेश्य राखिएको छ ।

अभियानका लागि माओवादी केन्द्रले रुकुम पश्चिममा जाजरकोटका गगन खड्कालाई  ईन्चार्जको रुपमा पठाएको छ ।

त्यस्तै पालिका इन्चार्जका रुपमा मुसिकोटमा जीवन बुढा, चौरजहारी नगरपालिकामा टीकाराम ओली, आठबीसकोट नगरपालिकामा लुम्बिनी गौतम, सानीभेरी गाउँपालिकामा मनबहादुर रावत, बाँफिकोट गाउँपालिकामा नेपबहादुर कँवर र त्रिवेणी गाउँपालिकामा रत्नबहादुर ओली खटिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |