पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरेको भन्दै नेकपा एसको आपत्ति
64x64
२०८० भाद्र ११ सोमबार प्रेसपालिका संवाददाता
390 Views

रुकुम पश्चिम ११, भदौ ।
नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमले पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरेकोप्रति आपत्ति जनाएको छ । नेकपा एमालेका नेता हरि प्रसाद शर्माले नेकपा एसबाट एमालेमा समाहित भएको भन्दै सार्वजनिक गरेको सूचना सहितको छाप र लेटरप्याड दुरुपयोगप्रति आपत्ति जनाएको हो ।

पार्टी अध्यक्ष विमल कुमार पुन मगरले बैशाख ७ गते नै एमाले प्रवेश गरेका शर्माले अहिले आएर नेकपा एसको छाप र लेटरप्याड दुरुपयोग गर्नु गम्भीर विषय भएको बताउनुभएको छ । त्यसैलाई चिर्नको लागि पार्टीले प्रेस विज्ञप्ति मार्फत गलत कार्यको भर्त्सना गरिएको उहाँले जानकारी दिनुभएको छ ।

`हाम्रो पार्टी परित्याग गरि वैशाख ७ गते नेकपा एमालेमा प्रवेश गर्नुभएका हरि प्रसाद शर्माले आज मात्रै आफ्नो व्यक्तिगत फेसबुकमा सार्वजनिक गरेको गलत र भ्रामक सूचनाले  पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अबैध रुपमा हाम्रो पार्टीको लेटरप्याड र छापको समेत दुरुपयोग गरि निज शर्माले नेकपा एस बाट नेकपा एमालेमा समाहित भएको भनेर सार्वजनिक गरिएको तथ्यहिन सूचनाको घोर विरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ ।´

त्यस्तै नेकपा एसले पार्टीको छाप र लेटरप्याड दुरुपयोग गरेकाले शर्मालाई कानुन अनुसार कार्वाही हुनुपर्ने माग राखेको छ ।

यता नेकपा एसबाट एमाले प्रवेश गरेका शर्माले भने सामाजिक संजाल फेसबुक मार्फत आफू सहित ४७ जना नेकपा एमालेमा समाहित भएको सूचना सार्वजनिक गरेका थिए । तर केही मिनेटमा उक्त  पोस्ट हटाइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News