नेकपा एस रुकुम पश्चिमले मनायो पार्टी पुनर्गठन दिवस
64x64
२०८० भाद्र ०९ शनिबार प्रेसपालिका संवाददाता
224 Views

रुकुम पश्चिम ९, भदौ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले शनिबार पार्टी पुनर्गठन दिवस मनाएको छ । पार्टी पुनर्गठन भएको दुई वर्ष पूरा भएको उपलक्ष्यमा पार्टी कार्यालय बागबजारमा पुनर्गठन दिवस मनाएको हो ।

पार्टी अध्यक्ष विमल कुमार पुनका अनुसार पार्टीको केन्द्रीय सर्कुलर तथा निर्णय बमोजिम पुनर्गठन दिवस मनाइएको छ ।

तत्कालीन नेकपा एमालेबाट विद्रोह गरेर २०७८ भदौ ९ गते एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो । यसै उपलक्ष्यमा देशका सबै जिल्ला र पालिका स्तरमा विविध कार्यक्रम सहित एकीकृत समाजवादीले पुनर्गठन दिवस मनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News