नेकपा माओवादी केन्द्रको विस्तारित बैठक सुरु
64x64
२०८० भाद्र ०७ बिहिबार प्रेसपालिका संवाददाता
288 Views

रुकुम पश्चिम ७, भदौ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम जिल्ला समन्वय समितिको विस्तारित बैठक सुरु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर -५, स्थित शहिद प्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।

`जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ʼ घर-घरमा माओवादी, जन जनमा माओवादी” भन्ने नाराका साथ जिल्ला समन्वय समितिको बैठक सुरु भएको छ ।

देशव्यापी रुपमा संचालन हुन लागेको पार्टीको तीन महिने विशेष अभियानको कार्ययोजना निर्माणका लागि बैठक बस्न लागेको छ । माओवादीले भदौ १६ गते देखि देशैभर तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान संचालन गर्न लागेको छ ।

आजको विस्तारित बैठकमा यो अभियान जिल्लामा कसरी संचालन गर्ने भन्ने बारेमा कार्ययोजना निर्माण हुने संयोजक गोविन्द रोकाले बताउनुभएको छ ।

बैठकमा पार्टीका वडा कमिटी अध्यक्षदेखि केन्द्रसम्मका सबै नेताहरु, जवस/मोर्चाका जिल्ला अध्यक्षदेखि केन्द्रसम्मका सवै नेताहरु, प्रदेश तथा केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, पार्टीका पालिका सल्लाहकारहरु, जवसका पालिका अध्यक्षहरु, पूर्व जनमुक्ति सेनाका पालिका समितिदेखि माथिका सबै नेताको सहभागिता रहने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |