खोलगाउँमा अनेरास्ववियू क्रान्तिकारीको संगठन बिस्तार
64x64
२०८० श्रावन २३ मंगलबार प्रेसपालिका संवाददाता
821 Views

रुकुम पश्चिम २३, साउन ।
रुकुम पश्चिमको हिमालय माध्यमिक बिद्यालय खोलगाउँमा अनेरास्ववियू क्रान्तिकारीको संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । माध्यमिक तह कक्षा ११ र १२ तथा प्राविधिक तर्फको संगठन बिस्तार गरिएको हो ।

माध्यमिक तह कक्षा ११/१२ मा  पुष्पकमल शाहीकाे अध्यक्षतामा ३७ सदस्यीय मावि मूल इकाई समिति गठन गरिएको छ । उपाध्यक्ष सीता रावत, प्रविन्ता शर्मा र देवराज विष्ट, सचिव बर्षा शर्मा, सह-सचिव भद्रशिला राणा मगर, दिलमाया देवकोटा र खिमध्वज पौडेल तथा कोषाध्यक्षमा सुशीला केसी चयन भएका छन् ।

त्यस्तै प्राविधिक धारतर्फ तुलशा खड्काको अध्यक्षतामा २९ सदस्यीय इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा एलिना विक र  नवीन हमाल, सचिव सुनिता केसी, सह-सचिव कल्पना मल्ल र  कोषाध्यक्षमा सुन्दर केसी चयन भएका छन् ।

सङ्गठन बिस्तार कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिति उपाध्यक्ष निराजन केसी, चौरजहारी नगर समिति अध्यक्ष प्रकाश डाँगी, सह सचिव नविन्द्र महतारा, जहारी क्याम्पस स्ववियू उपाध्यक्ष हेमराज आचार्य, सचिव महेश ओली लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News