संसदमा अनशन बस्ने शर्माको अभिव्यक्ति हास्यास्पद छ : वाइसीएल अध्यक्ष सेर्पाली
64x64
२०८० श्रावन ११ बिहिबार प्रेसपालिका संवाददाता
1447 Views

निराजन सिर्पाली
रुकुम पूर्व ११, साउन ।
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) का अध्यक्ष सुवोधराज सेर्पालीले गल्ती जसले गर्छ उनीहरु बेलैमा आत्मसमर्पण गर्दा सहि हुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शेर्पालीले गल्ती गर्नेले बेलैमा आत्मसमर्पण गर्दा सहि हुने नत्र सरकारले कसैलाई पनि नछाड्ने बताउनुभएको हाे ।

उहाँले बुधबार सांसद सुनिल शर्माले दिएको अभिव्यक्ति प्रति कटाक्ष गर्दै शर्माले संचालन गरेको मेडिकल कलेजमा निर्धारित शुल्क भन्दा बढी रकम असुल्ने गरेको बताउनुभएको छ ।

त्यस्तै अध्यक्ष सेर्पालीले शर्माकाे संसदमा अनशन बस्ने अभिव्यक्ति हास्यास्पद भएको बताउनुभएको छ । `उहाँले लेख्नुभएको छ, यो सरकारका हरेक काम जनताद्वारा अनुमोदित छन् । गल्ती नगर्ने कोही  नअतालिनु भए हुन्छ । गल्ती जसले गर्छ तिनीहरु बेलैमा आत्मसमर्पण गर्दा सहि हुन्छ । नत्र सरकारले छोड्नेवाला छैन ।´

`सुन तस्कर पक्राउपछि सांसद सुनिल शर्मा जसरी बरालिएका छन् त्यस हिसाबले अहिलेको प्रकरणमा कतै उनी नै पो जोडिएका हुन् कि भन्ने आशंका गर्न नमिल्ला र ? होइन भने राम्रोलाई राम्रो भन्न किन नसकेको माननीय ज्यु ? केका लागि कसको बचाउको लागि चाहिएको राजिनामा? यदि त्यसो होइन भने तपाइ आफुले संचालन गरेको मेडिकल कलेजमा निर्धारित शुल्क भन्दा बढी रकम असुल्ने यता चाहिँ राजिनामाको रोइलो गर्ने ? त्यो पनि संसदमै अनशन रे । लोक हसाउनुको पनि सिमा हुन्छ नि । भन्दै व्यङ्ग्य गर्नुभएको छ ।´

संसदमा अनशन बस्ने शर्माको अभिव्यक्ति हास्यास्पद छ : वाइसीएल अध्यक्ष सेर्पाली - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |