अनेरास्ववियु क्रान्तिकारी रुकुम पश्चिम सम्मानित
64x64
२०८० असार २० बुधबार प्रेसपालिका संवाददाता
228 Views

रुकुम पश्चिम २०, असार ।
अनेरास्ववियु क्रान्तिकारी रुकुम पश्चिम देशभरमै एक नम्बरमा परेको छ ।  क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो भेलामा अखिल क्रान्तिकारीका देशभरका शाखा मध्येमा रुकुम पश्चिम एक नम्बरमा परेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८० को नतिजा अनुसार संगठन देशभरमै १ नम्बर जिल्लाका रुपमा सम्मानित भएको संगठनका अध्यक्ष नारायण केसीले बताउनुभएको छ ।अनेरास्ववियु क्रान्तिकारी रुकुम पश्चिमलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगठनका जिल्ला अध्यक्ष केसीलाइ सम्मान पत्र प्रदान गर्नुभएको छ ।

सम्मान पत्र मार्फत स्ववियु निर्वाचनमा विजय हासिल गर्ने पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ । रुकुम पश्चिम सहित १० वटा जिल्ला सम्मानित भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Frankie Bridge
1 year ago

I really like your writing style..Its so easily understandable. You can visit my blog at https://similar.my.id and then maybe you can share your thought about mine.

Flash News