मुसिकोट वाइसीएल अध्यक्षमा रेउले
64x64
२०८० जेठ १२ शुक्रबार प्रेसपालिका संवाददाता
2131 Views

रुकुम पश्चिम १२, जेठ ।
नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल मुसिकोट नगर समितिको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले बिष्णु रेउलेको अध्यक्षतामा ४५ सदस्यीय वाईसीएल नेपाल मुसिकोट नगर समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा कुमार ओली र किरण विश्वकर्मा सचिव गणेश पाण्डे, सह-सचिव राजु खडका र कोषाध्यक्ष नितु सुनार चयन हुनुभएको छ ।

वाइसीएल  मुसिकोट नगर समितिका निवर्तमान अध्यक्ष राजु बिकको अध्यक्षतामा बसेको उक्त भेलामा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला ईन्चार्ज बसन्त कुमार शर्माको प्रमुख आतिथ्यता र वाईसियल रुकुम पश्चिमका जिल्ला ईन्चार्ज जनक बिश्वकर्माको बिशेष आतिथ्यता रहेको बताइएको छ ।

त्यसैगरी भेलामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य श्रीकुमार कठायत, मुसिकोट नगर कमिटी अध्यक्ष दलबहादुर खड्का, सचिव शुसिल गौतम, वाइसीएल नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर थापा, जिल्ला संयोजक गोविन्द ओली, प्रदेश कमिटी सदस्य धनमाया बोहरा लगायतको आथित्यता रहेको जानकारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News