संगठन सुदृढीकरण अभियान संचालन
64x64
२०८० बैसाख ०६ बुधबार प्रेसपालिका संवाददाता
204 Views

रुकुम पश्चिम ६, बैशाख ।
नेकपा माओवादी केन्द्र आठबिसकोटले संगठन सुदृढीकरण अभियान संचालन गरेको छ । पालिकाको १४ वटै वडामा विकास र समृद्धिको लागि संगठन सुदृढीकरण अभियान संचालन गरिरहेको छ ।

सुदृढीकरण अभियानमा विभिन्न पार्टी परित्याग गर्दै केही व्यक्तिले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडानम्बर-५, को  संगठन सुदृढीकरण अभियानमा नेपाली काँग्रेसबाट २०७५ सालमा जिल्ला महाधिवेशन प्रतिनिधि बनेका तथा हाल नगर कार्यसमिति सदस्य तुल बहादुर थापाले माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र नगर कमिटी सचिव मणिराज बटालाले बताएका छन् ।

त्यस्तै नेकपा एमाले वडा कमिटी सदस्य प्रेम थापाले पनि नेकपा एमाले पार्टी छोडी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबै प्रवेशीलाई नेकपा माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष धन बहादुर बस्नेत र सचिब मणिराज बटालाले स्वागत गरेका छन् ।

नेकपा माओवादी केन्द्रले पार्टीलाई विकास र समृद्धिको लागि संगठन सुदृढीकरण अभियान पालिकाको वडानम्बर -४ देखि १४ मा सम्पन्न गरिसकेको छ । बाकी वडा १,२ र ३ मा यही बैशाख ८ गते सम्पन्न हुने नगर कमिटी सचिब बटालाको भनाइ छ ।

माओवादी केन्द्रले यो अभियानलाई देशव्यापी रुपमा संचालन गरिएरहेको छ । जसअन्तर्गत रुकुम पश्चिमका सबै पालिकामा पनि सो अभियान चलिरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News