
रुकुम पश्चिम २, बैशाख ।
नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका वडानम्बर -६, ले शहिद परिवारलाई सम्मान गरेको छ । वडा सम्मेलनको अवरसरमा वडाका ६ जना शहिदका परिवारलाई खादा र सम्मान पत्रद्धारा सम्मान गरेका हो ।
वडाबाट १० वर्षे जनयुद्धको समयमा विभिन्न कालखण्डमा ज्यान गुमाएका शहिद परिवारलाई सम्मान गरिएको वडा ईन्चार्ज अनिल बुढाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसीले हजारौं शहिदहरुको बलिदानीबाट देशमा समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको र शहिदहरुले देखाएको बाटोमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
‘शहिदको सपनालाई पूरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । शहिद परिवारलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सांसद महेन्द्र केसी, पार्टीका प्रदेश समिति सदस्य गोप्यश्वर केसी, जय बहादुर पाण्डे लगायतका नेताले सम्मान पत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।
