माओवादी केन्द्र मुसिकोट ६ को बैठक सम्पन्न
64x64
२०८० बैसाख ०२ शनिबार प्रेसपालिका संवाददाता
242 Views

रुकुम पश्चिम २, बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगरपालिका वडानम्बर -६, को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । “मुसिकोट -६ को समग्र समस्या पहिचान र सामाधानको लागि हाम्रो अभियान, संगठन सुधार तथा विधि निमार्णका लागि वडा सम्मेलन” भन्ने मुल नाराका साथ वडाको तेस्रो सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले ४ जना पछि थप्ने गरि बसन्त गौतमको अध्यक्षतामा २९ सदस्यिय वडा समिति निमार्ण गरेको छ । जसको उपाध्यक्षमा दिपक बोहोरा सचिव अमर बहादुर महतारा, सह सचिव लक्ष्मण भण्डारी र कोषाध्यक्षमा करुणा बिक चयन हुनुभएको छ ।

साथै सम्मेलनमा नेपाली काँग्रेसका क्रियाशिल सदस्य जयलाल भण्डारी नेपाली काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । भण्डारीलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय  सदस्य महेन्द्र गौतमले खादा सहित अविर आवरण गरि पार्टीमा प्रवेश गराउनुभएको हो ।

वडा पार्टी ईन्चार्ज अनिल बुढाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय  सदस्य महेन्द्र केसी पारसमणीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश समिति सदस्यहरु गोप्यश्वर केसी, जय बहादुर पाण्डे, श्रीकुमार कठायत, एक्क बहादुर पाण्डे, जिल्ला समन्वय समिति सदस्य भानु मल्ल, नगर समिति सचिव शुसिल गौतम, सदस्य नारायण केसी, अरुण कवँर लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News