मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त
64x64
२०७९ चैत्र १७ शुक्रबार प्रेसपालिका संवाददाता
728 Views

रुकुम पश्चिम १७, चैत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभाको नवौँ बैठकबाट शर्माले आज विश्वासको मत पाएका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।विश्वासको मतको विपक्षमा भने १ मत परेको छ । १ सांसद अनुपस्थित भए ।

शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका छन् ।

गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले आज प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।

उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News