
रुकुम पश्चिम १०, चैत ।
नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य तथा अनेरास्ववियू रुकुम पश्चिमका अध्यक्ष हुकुम बिसि माथि आज हातपात भएको छ । मुसिकोटबाट चौरजहारी जादै गर्दा सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा एमाले रुकुम पश्चिमका सचिवालय सदस्य खडक बस्त्राकारले हातपात गरेका हुन् ।
नेकपा एस रुकुम पश्चिमका अनुसार विद्यार्थी संगठनका अध्यक्ष बिसि माथि बस्त्राकारले राजनीतिक पूर्वाग्रही राखेर कुटपिट गरेका छन् । पार्टीले सो घटनाप्रति खेद प्रकट गर्दै प्रेस विज्ञप्ति मार्फत दोषीलाई हदै सम्मको कार्वाही गर्न माग गरेको छ ।
त्यस्तै घटनाको घोर भत्सर्ना समेत गरेको छ । घटनाको विषयमा खडक बस्त्रकारलाई बुझ्न् खोज्दा उहाँ सङ्ग सम्पर्क हुन सकेन ।
प्रेस विज्ञप्ति
