
रुकुम पश्चिम ९, चैत ।
नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमले जिल्ला अध्यक्षमा विमलकुमार पुनलाई सिफारिस गरेको छ । मुसिकोटमा आज बसेको पार्टीको नवौं कार्यालय बैठकले पुनलाई अध्यक्षमा सिफारिस गरेको हो ।
पार्टी अध्यक्ष हरि प्रसाद शर्माले एमाले प्रवेश गरे संगै बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका पुनलाई अध्यक्षमा सिफारिस गरेको पार्टी सचिव सुरज कुमार परियारले बताउनुभएको छ । कार्यालयको बैठकले पुनलाई अध्यक्षमा सिफारिस गरेको निर्णय केन्द्रमा पठाइने र सो निर्णय केन्द्रीय कमिटीबाट अनुमाेदन भएर आउने उहाँको भनाइ छ ।
बैठकले उक्त निर्णय आउँदा सम्म हाल पार्टी उपाध्यक्ष माधव प्रसाद गौतमलाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । त्यस्तै बैठकले केही दिन अघि पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हरि प्रसाद शर्मालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको जनाएको छ ।
