
रुकुम पश्चिम ६, चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनुभएको हो ।
दाहालको पक्षमा १७२ मत परेको हो । उहाँलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा, नेकपा समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्रीको विपक्षमा भने ८९ मत परेको छ ।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन् । १ जना सांसद भने तठस्थ भए ।
प्रधानमन्त्री दाहालले यस प्रतिनिधि सभाबाट दोश्रो पटक विश्वासको मत लिनुभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतका लागि आजको प्रतिनिधि सभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।
