राष्ट्रपति निर्वाचनमा पौडेल विजयी
64x64
२०७९ फाल्गुण २५ बिहिबार प्रेसपालिका संवाददाता
419 Views

रुकुम पश्चिम २५, फागुन ।

ससद भवन नयाँबानेश्वरमा आज भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राष्ट्रपतिमा पौडेल विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार रामचन्द्रले ३३ हजार ८ सय २ मतभार पाएका छन् । अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका हुन् ।

पौडेलले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका छन् । त्यस्तै नेम्वाङले ९८ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका छन् ।

राष्ट्रपतिका लागि कुल ८ सय ८१ मध्ये ८ सय ३१ मत खसेको छ । प्रतिनिधिसभातर्फ ३ सय १३ मत खसेको छ । प्रतिनिधिसभाका कुल  ३ सय ३१ मध्ये १८ मत खसेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News