सिद्दिकि द्वारा नारी दिवसकाे शुभकामना
64x64
२०७९ फाल्गुण २४ बुधबार प्रेसपालिका संवाददाता
255 Views

दाङ सम्बाददाता ।
घोराही २४, फागुन ।
महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता साजिदा सिद्दिकिले आज नारी दिवसकाे अवसरमा शुभकामना दिनुभएकाे छ । २० बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी सिद्दिकिले नारीहरुकाे सम्मान गर्दै नारीहरुप्रति गरिने हिंसा तथा दुर्व्यवहार अन्त्य हुनुपर्ने बताउनुभएकाे छ । नारी एक सहनशिलताकाे प्रतीक भएकाे भन्दै अब हिंसा सहेर बस्न नहुने तर्क गर्नुभएकाे छ । उहाँले एक शुभकामना जारी गर्दै यस्ताे बताउनुभएकाे हाे ।

नारि दिवस दिवसमा मात्र सिमित नभएर प्रत्येक्ष अनुभव हुने गरि काम गर्नुपर्ने बताउनुभयाे । शहरमा नारी दिवस धुमधामका साथ मनाईरहदा गरिव, निमुखा तथा श्रमिक महिलाहरुले नारी दिवस भन्ने कुरा थाहा नपाउँदा अझै पनि कयौं नारीहरु ओझेलमा परेकाे बताउनुभयाे । यसकाे बारेमा नागरिक समाज, सरकारी निकाय, स्थानीय सरकार, अधिकारकर्मी लगायतले ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयाे ।

बर्षाै देखि नारी दिवसकाे अवसरमा कार्यक्रम गर्दै आउनु भएकी नेकपा एमालेकाे केन्द्रीय सदस्य समेत रहनुभयकि सिद्दिकि यसपटक नेकपा एमालेका ग्रासरुट अभियान अन्तरगत कपिलवस्तु जिल्लामा खटिनुभएकाे छ । याे अभियानकाे कुशलतापूर्वक कार्य गरि आफूलाई सफल कमान्डरकाे रुपमा परिचित पनि गराउनुभएकाे छ । उँहा पार्टीकाे निर्देशन अनुसार नियममा रहि कार्यक्षेत्रमा खटिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News