ज्ञापन पत्र बुझाइयो
64x64
२०७९ फाल्गुण २३ मंगलबार प्रेसपालिका संवाददाता
337 Views

रुकुम पश्चिम २३, फागुन ।
नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) जिल्ला समिति रुकुम पश्चिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । आज निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम जिएम मार्फत नेपाल सकार समक्ष ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला ईन्चार्ज जनक कुमार विश्वकर्मा र संयोजक गोबिन्द प्रकाश ओली द्धारा जारी ज्ञापन पत्रमा देशमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बिच भएका १२ बुदे समझदारी, विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध भैरहेका चलखेल र षड्यन्त्रप्रति ध्यानाकर्षण भएको बत्ताएको छ ।

अहिले सरकारको प्रमुख दायित्व शान्ति, विकास, समृद्धि र सुशासन कायम गर्न हुनका साथै गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केही अबान्छित तत्वहरु सक्रिय भइरहेको र नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संबिधान, संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले केही दिन यता अस्वभाविक गतिविधि बढाएको र यस्ता षड्यन्त्रकारी, ब्यबस्था बिरोधि, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र ब्यबस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गदछौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

साथै वाईसिएल नेपाल जिल्ला समिति रुकुम पश्चिले शान्तिप्रक्रियाका बाँकी कामहरूको निरुपण गर्न, द्वन्दकालिन घटनाबाट पीडित नागरिक एवम उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरि संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण विषयहरुको निरुपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संबिधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन नेपाल सरकार समक्ष माग गरेको छ  ।

व्यवस्था परिवर्तनका क्रममा विभिन्न आन्दोलनमा सहादत प्राप्त योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत, क्षतिपूर्ति र ब्यबस्थापन गर्नुपर्ने, बित्तिय संघ संस्थाहरुले निम्त्याएका समस्याहरुका साथै मिटरब्याजिहरुको रोकथाम तथा नियन्त्रण गर्न र ओरालो लागेको अर्थतन्त्रलाई मजबुत बनाउनु पर्ने, विभिन्न निकायहरुबाट भैरहेका भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरि देशमा शुसासन कायम गरि जनताको सरकारको रुपमा प्रत्याभूत दिलाउन पनि नेपाल सरकार समक्ष वाईसिएल नेपाल रुकुम पश्चिमले माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News