रुकुम पश्चिम ११, फागुन ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटि रुकुम पश्चिमको आठौं पूर्ण बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा मुसिकोट खंलगामा बैठक सम्पन्न भएको हो ।
आज मुसिकोट खंलगामा पत्रकार सम्मेलन गरि पार्टीले आठौं बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टी अध्यक्ष हरिप्रसाद शर्माले बैठकले ६ वटा महत्वपुर्ण निर्णय गरेको बताउनुभयो ।
बैठकले गत माघ २१ र २२ गते काठमाडौमा सम्पन्न केन्द्रिय किमिटिको पाचौं पूर्ण बैठक र फागुन २ र ३ गते सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश कमिटिको चौथो पूर्ण बैठकद्वारा पारित राजनीतिक, सांगठनिक र निर्वाचन समिक्षा प्रतिवेदन साथै आन्तरिक निर्देशनको अवगत भइ प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
साथै संगठन सुदृढिकरण विशेष अभियान भव्यतापूर्वक सम्पन्न गर्ने र फागुन २५ गतेभित्र नगर र गाउँ कमिटिका बैठकहरु बस्ने र चैत मसान्तभित्र सदस्यता नवीकरण र वितरण गरि सक्ने, फागुन १९, २० र २१ गते तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सानीभेरीमा गर्ने, र फागुन २१ गते २४ औं यदु स्मृति दिवस सानीभेरी गाउँपालिका -४, को मेघामा मनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले जिल्ला कमिटिका सदस्यहरुको नामवली अद्यावधि गरि ८४ जना सदस्य कायम गरेको छ ।
